7 days Vase Making Training form waste clothes in ward no 18, Lalitpur
Vase making training conducted by LWA in cooperation with Lalitpur municipality ward no 18.
ललितपुर महानगरपालिका वडा-१८, को सहयोगमा अग्रशील नारी संस्थाको आयोजनामा २०७८ असार २३ गते देखि २९ गते सम्म संचालित ७ दिने “कपडाका सजावटी फूलदान र गमला बनाउने” तालिम वडा-१८ को कार्यालय परिसरमा स्थानीय महिला समूहका पच्चिस महिलाहरुको सक्रिय सहभागितामा सफलतापुर्वक सप्पन्न भयेको छ।
उक्त कार्यक्रममा वडा-१८का अध्यक्ष श्री पुरुषोत्तम खड्काको प्रमुख उपस्थिति, महिला प्रतिनिधि श्री रुक्मणी महर्जन, दलित महिला सदस्य श्री राधिका रोक्का, वडा सदस्य श्री गोपाल डंगोल, वडा सदस्य श्री रेश्मा थापा, वडा सचिव श्री निरन श्रेष्ठ, वडा ईन्जिनियर श्री राम कुमार ढकाल, लिडिङ्ग विमेन एसोसिएसनका अध्यक्ष श्री जानकी प्रधान, प्रशिक्षक श्री तेजस्वी श्रेष्ठको विशेष उपस्तिथि रहेको थियो।कार्यक्रममा वडा अध्यक्ष ज्यु ले मन्तव्यको क्रममा उक्त महिला प्रशिक्षार्थीहरुले तालिमपछि समुह मिलि कपडाका सजावटी फूलदान र गमला उत्पादन गर्न आवस्यक ब्यु पूंजी समेत उपलब्ध गराइदिने र बजारिकरणमा सहायता गर्न प्रतिबद्धता जायेर गर्नु भयो भने विशेष अतिथिहरुले पनि मन्तब्यमा आ-आफ्नो तर्फ बाट उत्पादित वस्तु को बजारीकरण तथा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जायेर गर्नुभयेको थियो।प्रशिक्षार्थीहरुको उत्साहपुर्ण सहभागिता तथा तालिम बाट प्राप्त सीपलाइ ब्यबहारमा उतारी आय आर्जनको माध्यम बनाउने प्रतिबद्धता नै तालिम सफलतापुर्वक सप्पन्न भएको मान्न सकिन्छ।























