10 days training of Handicrafts from waste clothes in ward no 19, Lalitpur

Handicrafts from waste clothes

Hand made sandal making training conducted by LWA in cooperation with Lalitpur municipality ward no 19

ललितपुर महानगरपालिका वडा-१९, को सहयोगमा अग्रशील नारी संस्थाको आयोजनामा २०७८ श्रावण २६ गते देखि भदौ ३ गते सम्म संचालित १० दिने “हत्ते निर्मित स्यान्ड्ल बनाउने” तालिम वडा-१९ पुर्णचण्डी मा स्थानीय महिला समूहका २० महिलाहरुको सक्रिय सहभागितामा सफलतापुर्वक सप्पन्न भयेको छ।

उक्त कार्यक्रममा वडा-१९ का अध्यक्ष श्री विनोद ताम्राकार को प्रमुख उपस्थिति, महिला प्रतिनिधि श्री रामिया महर्जन, वडा सदस्य श्री बुलाल महर्जन लिडिङ्ग विमेन एसोसिएसनका अध्यक्ष श्री जानकी प्रधान, प्रशिक्षक श्री सुहाग जोशी को विशेष उपस्तिथि रहेको थियो।कार्यक्रममा वडा अध्यक्ष ज्यु ले मन्तव्यको क्रममा उक्त महिला प्रशिक्षार्थीहरुले तालिमपछि समुह मिलि विभिन्न किसिमको स्यण्डलहरु उत्पादन गर्न आवस्यक ब्यु पूंजी समेत उपलब्ध गराइदिने र बजारिकरणमा सहायता गर्न प्रतिबद्धता जायेर गर्नु भयो भने विशेष अतिथिहरुले पनि मन्तब्यमा आ-आफ्नो तर्फ बाट उत्पादित वस्तु को बजारीकरण तथा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जायेर गर्नुभयेको थियो।प्रशिक्षार्थीहरुको उत्साहपुर्ण सहभागिता तथा तालिम बाट प्राप्त सीपलाइ ब्यबहारमा उतारी आय आर्जनको माध्यम बनाउने प्रतिबद्धता नै तालिम सफलतापुर्वक सप्पन्न भएको मान्न सकिन्छ।

Leave a Comment