5 days Herbal Soap Making Training in Meghauli, Chitwan

In coordination of Chaudhary Foundation and Taj Serai Meghauli ,conducted standard quality herbal soap making training in Meghauli , Chitwan for the community women.

चौधरी फाउन्डेसनको आयोजना मेघौली सेराइ – चितवन न्यासनल पार्क -अ ताज सफारिज लज तथा लिडिङ्ग विमेन एसोसिएसनको सहयोगमा मिति २०७७-१२-८ देखि ११ सम्म मेघौली उपभोक्ता समितिको हलमा वडा नं २७ र २८ का स्थानीय न्यून आयबर्गीय २२ महिलाहरुका लागि ४ दिने हर्बल साबुन बनाउने तालिम सफलतापुर्वक सप्पन्न भयेको छ।

उक्त कार्यक्रममा मेघौली उपभोक्ता समितिका अध्यक्ष श्री मायाराम महतो को सभापतित्वोमा वडा नं २७ का वडा अध्यक्ष श्री गोबिन्द तामाङका प्रमुख उपस्थिति, वडा नं २८ का महिला प्रतिनिधि श्री सीता बस्नेत , उपभोक्ता समितिका कार्यबाहक अध्यक्ष श्री लोकनाथ साप्कोटा ,वन उपभोक्ता समिति का अध्यक्ष श्री अर्जुन भन्डारी,सिनियर गेम स्काउट श्री पेशल बस्नेत ,लिडिङ्ग विमेन एसोसिएसनका अध्यक्ष श्री जानकी प्रधान , मेघौली सेराइका रेसिडेन्ट म्यानेजर श्री क्यामेली फेरिया , सिजी का तर्फबाट श्री राम चन्द्र धिताल , मेघौली सेराइका न्याचरलिस्ट श्री प्रदीप महतो, सेक्युरिटी इन्चार्ज तथा जनसम्पर्क अधिकृत श्री बिर्जा महतो, प्रशिक्षक श्री सुहाग जोशीको विशेष उपस्तिथि रहेको थियोे।कार्यक्रममा वडा अध्यक्ष ज्यु ले मन्तव्यको क्रममा उक्त महिला प्रशिक्षार्थीहरुले तालिमपछि समुह मिलि साबुन उत्पादन गर्न आवस्यक ब्यु पूंजी समेत उपलब्ध गराइदिने प्रतिबद्धता जायेर गर्नु भयो भने विशेष अतिथिहरुले पनि मन्तब्यमाआ आफ्नो तर्फ बाट उत्पादित वस्तु को बजारीकरण तथा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जायेर गर्नुभयेको थियो।प्रशिक्षार्थीहरुको उत्साहपुर्ण सहभागिता तथा तालिम बाट प्राप्त सीपलाइ ब्यबहारमा उतारी आय आर्जनको माध्यम बनाउने प्रतिबद्धता नै तालिम सफलतापुर्वक सप्पन्न भएको मान्न सकिन्छ।

Leave a Comment